दफा १४
श्रोत व्यवस्थापन
यो नीति कार्यान्वयन गर्न सार्वजनिक तथा निजी क्षेत्रको श्रोत परिचालन गरीने छ । ग्रामीण दूर सञ्चार विकास कोष तथा बिभिन्न अन्तरराष्ट्रिय साझेदार संघ संस्थाहरूबाट प्राप्त हुने आर्थिक तथा प्राविधिक सहयोग यस नीति कार्यान्वयनका श्रोतको रुपमा उपयोग गरिने छ ।